बाल रचना हाम्रो मधुवन - Ananda Basic School Ratamate

Wednesday, 14 June 2023

बाल रचना हाम्रो मधुवन

चेतना खत्री

कक्षा : ७

                                             हाम्रो मधुवन

बर्दियामा रहेको आठ पालिका

सबैभन्दा राम्रो मधुवन नगरपालिका

हाम्रो मधुवन राम्रो मधुवन

सबैभन्दा राम्रो छ हाम्रो मधुवन

तेजबहादुर भाट नगरप्रमुख भएको

उपप्रमुख अनिता चौधरी रहेको

बाटो,पानी,विद्युतको विकास हुँदै गरेको

पर्यटकीय लामो पुल कोठियाघाट रहेको

रमाइ रमाइ होमस्टेमा पर्यटक आउने

हाम्रै पालिकामा आर्थिक विकासको सम्भावना हुने

कोहि शिक्षक, कोहि डाक्टर, कोहि व्यापारी

कृषि पेसा धेरै गर्छन धेरै मजदुरी

शिक्षा अनि स्वास्थ्यको विकास हुँदै गरेको

हरियाली सुन्दर हाम्रो मधुवन रहेको

उद्योग-धन्दाको अझ बढि आवश्यकता रहेको

चाउमिन, चप्पल, ईँटा उद्योग भएको

सबैभन्दा राम्रो छ हाम्रो मधुवन

(हाम्रो मधुवन राम्रो मधुवन)

 

 


No comments:

Post a Comment